ADVERTISEMENT

सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४० इञ्जिनियरको सरुवा तथा पदस्थापन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४० जना इञ्जिनियरको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार नेपाल इञ्जिनियरिङ सेवा (सिभिल) का राजपत्राङ्कित तृतीय श्रेणीका इञ्जिनियरहरूलाई विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति तथा अन्य निकायमा खटाइएको हो।

सरुवा हुने अधिकांश इञ्जिनियरहरू यसअघि जिल्ला समन्वय समिति, स्थानीय पूर्वाधार विभाग तथा सडक डिभिजनमा कार्यरत थिए। उनीहरूमध्ये धेरैलाई पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार तथा विभिन्न जिल्लाका जिल्ला समन्वय समितिमा पठाइएको छ।

त्यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इञ्जिनियरहरूको समेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यस्तो छ सरुवा सूची

https://drive.google.com/file/d/1RRVCKHa_p-XtL2IPlhBZMWLBhBSiW5PR/view?usp=sharing

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार