काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. २ हजार २०० ले घटेर रु. २ लाख ९२ हजार २०० कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ६० ले घटेर रु. ४ हजार ३५५ कायम भएको महासङ्घले जनाएको छ।
सोमबार सुन प्रतितोला रु. २ लाख ९४ हजार ४०० र चाँदी रु. ४ हजार ४१५ मा कारोबार भएको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया