काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री खनालसँग भएको शिष्टाचार भेटमा आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि, साउथ–साउथ सहकार्य प्रवर्द्धन र बहुपक्षीयता सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिका साथै जलवायु परिवर्तनका चुनौतीबारे पनि छलफल भएको थियो। दुवै पक्षले जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने र यसका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया