ADVERTISEMENT

बाढीपीडितको पुनर्स्थापना र राहत प्रभावकारी बनाउन माग

काठमाडौं । विभिन्न अधिकारवादी संघसंस्थाहरूले बाढीबाट विस्थापित परिवारलाई सुरक्षित आवास, रोजगारी र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले बाढीपीडितको क्षतिको यथार्थ विवरण संकलन गरी सार्वजनिक गर्न तथा जोखिममा रहेका नागरिकका लागि विशेष संरक्षणको व्यवस्था गर्न आग्रह गरेका छन्।

संघसंस्थाहरूले प्रभावित परिवारलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्न र पुनर्निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।

प्राधिकरणका अनुसार भदौ १० को बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनमा गरी ३२ हजार ९६३ जना प्रभावित भएका थिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार