ADVERTISEMENT

विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्।

मंगलबार दिउँसो १ः३० बजे थाइ एयरलाइन्समार्फत बैंकक जाने कार्यक्रम रहेका अर्थमन्त्री वाग्लेले बैठकका क्रममा १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय छलफलमा सहभागिता जनाउनेछन्।

अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्यायसहित मन्त्रालयका अन्य अधिकारीहरू पनि बैंकक जानेछन्। अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार