काठमाडौं । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३, कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा उनलाई असोज २५ गते पक्राउ गरिएको हो।
सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ। उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया