काठमाडौं । यातायात व्यवस्था विभागले सवारी दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेको छ।
नयाँ व्यवस्थाअनुसार सवारी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित हुन नसके वारेसनामामार्फत दर्ता तथा नामसारी गर्न सकिनेछ। यसका लागि वारेसनामा, खरिदकर्ताको फोटो र सक्कल परिचयपत्र आवश्यक पर्नेछ।
त्यस्तै, सवारी दर्ता र पहिलोपटक नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ। यसले एउटै सवारी साधनको दोहोरो जाँच गर्नुपर्ने झन्झट हटाउनेछ।
नामसारीका लागि आवश्यक बायोमेट्रिक विवरण लिन डिलरलाई प्राविधिक पहुँच दिने व्यवस्था पनि गरिएको छ। तर, यो सुविधा विभागले छुट्टै सूचना जारी गरेपछि मात्रै लागू हुनेछ। सवारी बीमा तथा नवीकरणका लागि समेत सवारीधनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।
नयाँ व्यवस्थाले सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया