ADVERTISEMENT

कांग्रेस महाधिवेशनको मतगणना तीव्र, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणना तीव्र पारिएको छ। निर्वाचन समितिले २५ वटा समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना गरिरहेको जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दुई क्लस्टरको मतगणना सम्पन्न भएको छ भने चार क्लस्टरको गणना जारी छ। बाँकी छ क्लस्टरको गणना पनि सुरु गर्ने तयारी भइरहेको छ।

जनसम्पर्क समितितर्फ सात केन्द्रीय सदस्य तथा पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ। हाल विभिन्न सहमहामन्त्री, महिला केन्द्रीय सदस्य, आदिवासी जनजाति तथा सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।

निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार