ADVERTISEMENT

नेप्से ४ अंकले बढ्यो, २६०० विन्दुनजिक

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिँदा नेप्से परिसूचक मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको छ । यस दिन ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढ्दा १६७ वटाको घटेको छ । सगरमाथा जलविद्युत्को सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशत बढेको छ भने स्नो रिभर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उपसमूहतर्फ बैंकिङ समूह ०.६९ प्रतिशत र जीवन बीमा समूह १.७७ प्रतिशतले बढेका छन् । बैंकिङसहित पाँच उपसमूहका सूचक बढ्दा अन्य उपसमूहमा भने गिरावट आएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार