ADVERTISEMENT

सिटिजन्स बैंकद्वारा तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ।

बैंकको जुम्ला शाखामार्फत विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विपन्न पृष्ठभूमिका विद्यार्थीलाई जाडोको समयमा विद्यालय आउन सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

यस पहलबाट ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

विश्वका प्रतिष्ठित अवार्डमध्ये ‘अवार्ड बैंक अफ द इयर २०२४’ र ‘२०२५’ प्राप्त गर्न सफल बैंकले ग्राहकलाई लक्षित विभिन्न नवीन बैंकिङ सेवा पनि सञ्चालन गर्दै आएको छ। बैंकले नेपालमै पहिलोपटक फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ।

त्यस्तै, बैंकले युवा पुस्तालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक’ लगायतका डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। फ्रीलान्सरलाई लक्षित विशेष बचत खाता तथा मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधासमेत बैंकले उपलब्ध गराएको छ।

सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार