ADVERTISEMENT

डलरको मूल्य १५३ रुपैयाँ ७६ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तै, युरोको बिक्रीदर १७० रुपैयाँ ८० पैसा, पाउन्ड स्टर्लिङको २०२ रुपैयाँ २५ पैसा र स्विस फ्र्याङ्कको १८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलरको बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा र क्यानेडियन डलरको १०७ रुपैयाँ १४ पैसा रहेको छ।

राष्ट्र बैङ्कका अनुसार कुवेती दिनारको बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा, बहराइन दिनारको ४०४ रुपैयाँ ३९ पैसा र ओमनी रियालको ३९६ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार