ADVERTISEMENT

जिफन्टद्वारा निर्मित आवास ओलीले हस्तान्तरण गर्ने

काठमाडौँ । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ।

एमाले निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका आवास बुधबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

प्रत्येक आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधाको व्यवस्था गरिएको छ। आवास निर्माण अभियानमा जिफन्टका विभिन्न स्वयंसेवक सहभागी भएका थिए।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लामा ठूलो क्षति भएको थियो।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार