काठमाडौं । चाडपर्वको लामो बिदामा हुन सक्ने साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २४ सै घण्टा उपलब्ध हुने जिम्मेवार सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकलाई सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना नेपाल प्रहरीको साइबर ब्युरोमा उपलब्ध गराउन भनेको हो।
विजया दशमी, दीपावली र छठ पर्वको लामो सार्वजनिक बिदामा साइबर ठगीका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको हो।
यस व्यवस्थाले शंकास्पद कारोबार पहिचान गरी तत्काल रोक्का गर्न तथा साइबर अपराधको अनुसन्धानलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया