काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड बढेको छ। तर, खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफूल र मासुजन्य वस्तुको मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्।
चीनतर्फका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा सामान आयातमा समस्या भएको व्यवसायीले बताएका छन्। नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अनुसार दसैँ लक्षित करिब पाँच अर्ब रुपैयाँ बराबरका सामान नाकामै रोकिएका छन्।
महँगीका कारण न्यून आय भएका परिवारलाई चाडपर्व मनाउन कठिन भएको उपभोक्ताको गुनासो छ। यता, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाएको जनाएको छ। विभागले दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन गर्दै बढी मूल्य लिने व्यवसायीमाथि कानुनी कारबाही गरिरहेको जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया