ADVERTISEMENT

तीन दिनमा सुनको मूल्य ७ हजारले घट्यो

काठमाडौं । सुनको मूल्य बुधबार तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ। यससँगै तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा १ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ४ हजार ४४० रुपैयाँ थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार