काभ्रे । बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बिपी र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारी चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरण तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।
प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया