ADVERTISEMENT

नेप्से २१ अंकले बढ्यो, लगातार पाँचौं दिन बजार हरियो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर २६२१ अंकमा पुगेको छ । योसँगै बजार लगातार पाँचौं कारोबार दिन बढेको हो ।

आज बैंकिङ समूह १.४५ प्रतिशतले बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको छ । बैंकिङसहित सबै समूहगत सूचकमा वृद्धि देखिएको छ ।

बुधबार १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ ।

उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.९५ प्रतिशतले बढ्दा सगरमाथा जलविद्युत् कम्पनीको मूल्य ६.३२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अगाडि रहे ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार