ADVERTISEMENT

सङ्गठित अपराधमा पनि मिलापत्रको बाटो खुल्यो

काठमाडौं । सङ्गठित अपराधको आरोप पुष्टि नभएमा अन्य कसुरमा मिलापत्र गर्न सकिने भएको छ। महान्यायाधिवक्ता कार्यालयले यससम्बन्धी व्यवस्था स्पष्ट गर्दै मातहतका कार्यालयमा परिपत्र गरेको हो।

कार्यालयका अनुसार, सङ्गठित अपराधसँग जोडिएको अर्को कसुरमा मिलापत्र हुन सक्ने भए पनि अदालतले सङ्गठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिनेछ।

त्यस्तै, मिलापत्र हुने र नहुने कसुर एकै मुद्दामा जोडिएको अवस्थामा पनि मिलापत्र नहुने कसुरमा आरोप स्थापित नभए अन्य कसुरमा मिलापत्र गर्न सकिने कार्यालयले जनाएको छ।

यसका लागि कार्यालयले ‘नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिनेसम्बन्धी मापदण्ड, २०८३’ परिमार्जन गरेको हो। यसअघि सङ्गठित अपराधसम्बन्धी मुद्दामा मिलापत्रको व्यवस्था थिएन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार