ADVERTISEMENT

डेढ महिनामै बैंकिङ समूह ९ प्रतिशत बढ्यो, लगानीकर्तालाई २३ प्रतिशतसम्म नाफा, कुनबाट कति ?

काठमाडौं । सेयर बजारमा पछिल्लो डेढ महिनायता बैंकिङ समूह चम्किएको छ । भदौ १५ गते १ हजार ४१४ अंकमा रहेको बैंकिङ समूहको सूचक ९.१२ प्रतिशतले बढेर १ हजार ५४३ अंकमा पुगेको छ ।

यस अवधिमा नेप्से परिसूचक भने ३.४ प्रतिशत मात्रै बढेको छ । बैंकिङ समूहका केही कम्पनीको सेयर मूल्य २३ प्रतिशतसम्म वृद्धि हुँदा लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन् ।

बैंकिङ समूहको सूचक गत चैत १२ यताकै उच्च विन्दुमा पुगेको हो । त्यस दिन बैंकिङ सूचक १ हजार ५५० अंकमा थियो ।

यसअघि बैंकिङ समूहमा सेयर आपूर्ति धेरै भएकाले मूल्य नबढ्ने गुनासो लगानीकर्ताले गर्दै आएका थिए । तर पछिल्लो समय बैंकिङ सेयरमा आएको वृद्धिले यो समूहप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

सिद्धार्थ, एभरेस्ट, नबिल, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन्स र कुमारी बैंकले घोषणा गरेका लाभांशसमेत मूल्यमा समायोजन भइसकेका छन् । लाभांश समायोजनपछि पनि यी बैंकका सेयर मूल्यमा भएको वृद्धिबाट लगानीकर्ताले थप लाभ लिएका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार