काठमाडौं । भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा मोबिकिन्स एमके पीबी–०४ मोडलको पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको छ।
नेपाल एयरलाइन्सले सूचना जारी गर्दै भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को सर्कुलरअनुसार उक्त पावर बैंक क्याबिन ह्यान्ड ब्याग, चेकइन ब्यागेज तथा कार्गोमा समेत लैजान नपाइने जनाएको छ।
यसअघि दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो।
पावर बैंकमा आगलागी हुने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले यस्तो प्रतिबन्ध लगाएको हो।
सम्बन्धित खबर




प्रतिक्रिया