ADVERTISEMENT

कांग्रेस महाधिवेशनमा आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन स्थानमा मतदान हुनेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन्। उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार