काठमाडौं । बिहीबार अन्तिम समयमा बढेको खरिदचापसँगै नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा बन्द भएको छ। दिनभर उतारचढावमा रहेको बजार अन्तिम समयमा सुधारिएको हो।
यस दिन ३५४ स्टकको ४३ हजार ८१२ पटकको कारोबारमा १ करोड १२ लाख ३३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९३ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा बढी हो।
१३ उपसमूहमध्ये ८ वटा बढ्दा ५ वटा घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूह बढेका छन्।
कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर घोषणा गरेपछि शेयरमा आकर्षण बढेको हो। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
समग्रमा कारोबार रकम बढे पनि नेप्सेमा सुधार भने सामान्य देखिएको छ।





प्रतिक्रिया