ADVERTISEMENT

नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा जोड

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र युरोपेली राजदूत चार्ल्स ह्वाइटलीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ।

भेटमा नेपाली उत्पादनको निर्यात प्रवर्द्धन, युरोपेली बजारमा पहुँच विस्तार, लगानी आकर्षण तथा आर्थिक सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग जोड्दै द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउनेमा दुवै पक्षले जोड दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार