काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतस्थित विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच सहकार्य सुरु भएको छ । सम्झौतासँगै युरोपमा रहेका नेपालीले रिज रेमिटको मोबाइल एपमार्फत सहजै नेपालमा रकम पठाउन सक्ने भएका छन् ।
सम्झौताअनुसार विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको ‘एमबीएल रेमिट’मार्फत नगद भुक्तानी लिन सकिनेछ । साथै, नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा सिधै रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
सेवाग्राहीले नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट रकम प्राप्त गर्न सक्नेछन् । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्ने बैंकको विश्वास छ ।
हाल माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । बैंकका १९४ एटीएम रहेका छन् भने ग्राहक संख्या १८ लाखभन्दा बढी रहेको छ ।




प्रतिक्रिया