काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
समितिका सभापति भरतबहादुर खड्काले जलस्रोत तथा सिँचाइ विभाग र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफलपछि यस्तो निर्देशन दिनुभएको हो।
सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा मधेश प्रदेशसहित समग्र देशलाई असर पर्ने भन्दै ठेक्का रद्द हुनुको कारण, प्रक्रिया र त्यसबाट हुने आर्थिक तथा समग्र क्षतिको मूल्यांकन गर्नुपर्ने बताउनुभयो।
उहाँले आयोजना कार्यान्वयनमा हुने ढिलाइले मूल उद्देश्य प्राप्तिमा पार्ने असरसमेत समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो।
समितिले सम्बन्धित निकायबाट कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, अपनाइएको प्रक्रिया र आयोजनामा परेको प्रभावबारे थप अध्ययन तथा छलफल गरी निष्कर्षमा पुग्ने जनाएको छ।




प्रतिक्रिया