ADVERTISEMENT

एनएमबि बैंकको लाभांश प्रस्ताव, सेयरधनीले पाउने ७ प्रतिशत

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

असोज २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश कर प्रयोजनका लागि समेत हुनेछ।

त्यस्तै, बैंकले ८.२५ प्रतिशत ‘एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर’तर्फ १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार