ADVERTISEMENT

आईपीओ अनुमति प्रक्रिया अघि बढ्यो, २२ कम्पनीले बुझाए अडिट रिपोर्ट

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयदेखि रोकिएको आईपीओ निष्कासन अनुमति प्रक्रिया अघि बढाएसँगै २२ कम्पनीले अडिट गरिएको वित्तीय विवरण पेश गरेका छन्।

सेबोनले हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएपछि पाइपलाइनमा रहेका अन्य कम्पनीको प्रक्रिया पनि अघि बढेको हो। हाल २२ कम्पनीले समीक्षा प्रयोजनका लागि गत आर्थिक वर्षको अडिट गरिएको वित्तीय विवरण बोर्डमा बुझाएका छन्।

सेबोनका अनुसार तीमध्ये ५ कम्पनी अन्तिम समीक्षाको चरणमा पुगेका छन्। वित्तीय अवस्था, नेटवर्थ, अडिट विवरणलगायत आवश्यक मापदण्ड पूरा गरेपछि उनीहरूलाई आईपीओ निष्कासनको अनुमति दिने प्रक्रिया अघि बढ्नेछ।

समीक्षामा रहेका २२ कम्पनीमध्ये १० वटाको वित्तीय पक्षमा थप परीक्षण आवश्यक देखिएको छ भने ५ कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा कम रहेको पाइएको छ।

हाल सेबोनको आईपीओ पाइपलाइनमा १११ कम्पनी रहेका छन्। यी कम्पनीले कुल ७० अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर निष्कासनका लागि अनुमति मागेका छन्। कम्पनीहरू आवेदन, कागजात परीक्षण, वित्तीय विवरण समीक्षा, नेटवर्थ परीक्षण र अन्तिम समीक्षालगायत विभिन्न चरणमा रहेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार