ADVERTISEMENT

राष्ट्रपति भवनमा प्रधानमन्त्री वालेन्द्रलाई राजकीय सम्मान, मोदीले गरे आत्मीय स्वागत

भारतीय सेनाद्वारा सम्मान गारत अर्पण, उच्चस्तरीय भेटवार्ताको औपचारिक चरणमा प्रवेश

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी राजकीय सम्मानसहित स्वागत गरेको छ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। सो अवसरमा भारतीय सेनाको विशेष टुकडीले प्रधानमन्त्री शाहको सम्मानमा सम्मान गारत (गार्ड अफ अनर) अर्पण गरेको थियो।

समारोहमा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई प्रदान गरिएको यो विशेष सम्मानलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध र आपसी मित्रताको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

राष्ट्रपति भवनमा आयोजित सम्मान समारोह सम्पन्न भएपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गरेका छन्। त्यहाँ उनले गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा छलफल गर्ने तथा द्विपक्षीय सहकार्यका नयाँ सम्भावना पहिल्याउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार