ADVERTISEMENT

धरानबाट ४९९ किलो गाँजासहित भारतीय गाडी र चालक पक्राउ

काठमाडौं ।  धरानबाट प्रहरीले ४९९ किलो तयारी गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई पक्राउ गरेको छ।

प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित विराटनगर–१३ निवासी ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको हो।

शनिबार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको उक्त गाडीलाई सेउती पुलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरीले सोही राति दुहवी नगरपालिका–७ बाट २१ किलो ९८० ग्राम गाँजासहित धरान–२० का २१ वर्षीय गौरव राईलाई समेत पक्राउ गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार