ADVERTISEMENT

सहमतिको सरकार बनाउने मुख्यमन्त्री यादवको घोषणा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै राजनीतिक दललाई समेटेर सहमतिको सरकार गठन गर्ने बताएका छन्।

आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै दलहरूसँग छलफल गर्ने जानकारी दिए।

सबै दलको समर्थन लिएर सरकार सञ्चालन गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा विकास निर्माणका कामलाई तीव्रता दिने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई प्रभावकारी ढंगले अघि बढाउने बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार