ADVERTISEMENT

उतारचढाव पार गर्दै सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अनेक उतारचढाव पार गर्दै सुदूरपश्चिम रोयल्स पहिलोपटक च्याम्पियन बनेको छ। सुरुवाती हार, वर्षाले प्रभावित खेलको विवाद र पहिलो क्वालिफायरको पराजयका बाबजुद सुदूरपश्चिमले उपाधि जित्न सफल भयो।

लिग चरणमा पाँच जित निकाल्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा भने लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्दै १० विकेटको शानदार जित निकाल्यो।

फाइनलमा जर्ज मन्सेले अविजित १२५ रन बनाए भने विनोद भण्डारीले ३० रनको योगदान दिए। दुई खेलाडीबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो।

यससँगै लगातार दुई सिजन फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्यो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोलीले पहिलो फ्रेन्चाइज उपाधिसमेत हात पार्‍यो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार