काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्यार्थीले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा शुल्क मिनाहाको सुविधा पाउनेछन् ।
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार वार्षिक तथा सेमेस्टर प्रणालीमा अध्ययनरत र आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन योग्यता पुगेका विद्यार्थीले यो सुविधा पाउनेछन् ।
त्रिविले क्याम्पस प्रवेश, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, छात्रावास, सोधपत्र, विविधलगायत १६ शीर्षकका शुल्क मिनाहा गर्ने जनाएको छ । तर धरौटी, परीक्षा शुल्क र त्रिवि रजिष्ट्रेशन शुल्क भने मिनाहामा समावेश गरिएका छैनन् ।
त्रिविले शुल्क मिनाहासम्बन्धी व्यवस्था आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म लागू हुने जनाएको छ ।




प्रतिक्रिया