ADVERTISEMENT

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे संसदीय समितिको चासो

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।

ठेक्का प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणको ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेको हो ।

उजुरीकर्ताले ठेक्का रद्द गर्ने निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको र यसबाट राज्यलाई आर्थिक क्षति पुग्ने दाबी गरेका छन् ।

उक्त उजुरीमाथि छलफल गर्न समितिले मंसिर ८ गते बिहान ९ः३० बजे बैठक बोलाएको छ । समितिका सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा उजुरीको अध्ययन गरी तथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

आयोजनाले ८ जुन २०२६ मा निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको थियो । तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३९(२) अनुसार कात्तिक दोस्रो साता उक्त ठेक्का रद्द गरिएको थियो ।

ठेक्का रद्द गर्ने निर्णय र त्यसको औचित्यमाथि संसदीय समितिले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार