ADVERTISEMENT

नबिल बैंकमा विदेशी संस्थागत लगानीकर्ताको बलियो पकड

काठमाडौं । नबिल बैंक लिमिटेडको सेयर संरचनामा विदेशी तथा ठूला संस्थागत लगानीकर्ताको बलियो उपस्थिति देखिएको छ।

बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार कुल चुक्ता पुँजीमा संस्थापक समूहको हिस्सा ५८.४४ प्रतिशत र सर्वसाधारण समूहको ४१.५६ प्रतिशत रहेको छ।

बैंकको सबैभन्दा ठूलो सेयरधनी आयरल्यान्डस्थित एनबी (इन्टरनेशनल) लिमिटेड रहेको छ। कम्पनीको नाममा १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात् ३९.४४ प्रतिशत सेयर रहेको छ। यस्तै, बंगलादेशको आईएफआईसी बैंक पीएलसीको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात् ७.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ।

स्वदेशी संस्थागत लगानीकर्तामध्ये राष्ट्रिय बिमा कम्पनी लिमिटेड तेस्रो ठूलो सेयरधनी हो। कम्पनीसँग नबिल बैंकको २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता अर्थात् ७.६३ प्रतिशत सेयर रहेको छ।

यसैगरी, भारतको मुथुट फाइनान्ससँग ०.४४ प्रतिशत र नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग ०.२६ प्रतिशत संस्थापक सेयर रहेको छ। अन्य व्यक्ति तथा संघसंस्थाको नाममा २.९० प्रतिशत संस्थापक सेयर रहेको बैंकले जनाएको छ।

बैंकले पुँजी संरचना सुदृढ बनाउन ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफरेन्स) सेयरसमेत जारी गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार