ADVERTISEMENT

१० लाखको बम्पर उपहार पर्साका लालबाबुलाई


काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन्। उनले २१ हजार रुपैयाँको ल्युब आयल खरिद गर्दा लिएको बिल बम्पर उपहारका लागि छनोट भएको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बम्पर उपहार विजेता घोषणा गरिएको हो। उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले साह कानुलाई फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

विभागका अनुसार असोज १ देखि १५ गतेसम्म बिल लिएर गरिएको ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रममा सहभागी हुन योग्य थिए। कार्यक्रममार्फत उपभोक्तालाई बिल लिने बानी बसाल्दै कर प्रणालीमा कारोबारलाई औपचारिक बनाउने उद्देश्य राखिएको विभागले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार