ADVERTISEMENT

बजारमा चलनचल्तीको मुद्रा घट्यो, राष्ट्र बैंकको वासलात ४० खर्ब नाघ्यो


काठमाडौं । बजारमा चलनचल्तीमा रहेको कुल मुद्रा घटेर ७ खर्ब ९४ अर्ब २ करोड रुपैयाँमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको मुद्रा दुई महिनामा ७ अर्ब ६२ करोड रुपैयाँले घटेको हो।

यसैबीच, नेपाल राष्ट्र बैंकको कुल वासलात भने बढेर ४० खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको वासलात दुई महिनामा १ खर्ब ६९ अर्ब ९ करोड रुपैयाँले बढेको हो।

राष्ट्र बैंकको विदेशी मुद्रा सम्पत्ति पनि बढेर ३८ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। विदेशी धितोपत्रमा २७ खर्ब ४३ अर्ब ३३ करोड, विदेशी बैंकको मुद्दती निक्षेपमा ६ खर्ब ३९ अर्ब ७४ करोड र सुनको प्रमाणपत्रमा २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ लगानी रहेको छ।

यस्तै, सरकारी खाताको निक्षेप १ खर्ब ८६ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब १ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अधिक तरलता व्यवस्थापनका कारण बैंक तथा वित्तीय संस्थासँगको राष्ट्र बैंकको दायित्वसमेत बढेर १३ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार