काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ। बिहीबार ०.२६ अंकले बढेको बजार शुक्रबार दोहोरो अंकले घटेको हो।
शुक्रबार ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेको छ। बिहीबार भने ४ अर्ब ८९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.७४ अंक, फ्लोट इन्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ अंकले घटेका छन्।
कारोबारमा एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत र माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब ५.५ प्रतिशत बढेको छ।
यता, सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब १५ करोड ५० लाख रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढ्दा बाँकी ११ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७३ प्रतिशत घटेको छ।



प्रतिक्रिया