काठमाडौँ । नेकपा एमालेका ३३ जना मनोनीत केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदैछन्। पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम राखिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
एमालेको असोज पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकले विधानअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीत हुनेमा विभिन्न जिल्लाका नेतासँगै अन्य पार्टीबाट एमालेमा समायोजन भएका नेताहरू पनि छन्।
यसैगरी, सोही बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।
सम्बन्धित खबर



प्रतिक्रिया