काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ।
प्रतिनिधिसभामा विभिन्न विधेयक समितिमा पठाउने, वार्षिक प्रतिवेदन पेस गर्ने तथा प्रश्नोत्तरसम्बन्धी कार्यसूची रहेको छ। त्यस्तै, ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयक’ पारित गर्ने कार्यक्रमसमेत छ।
राष्ट्रियसभामा मौखिक तथा लिखित प्रश्नका उत्तर टेबुल गर्ने, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने तथा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक’ पारित गर्ने कार्यसूची रहेको छ।
सम्बन्धित खबर



प्रतिक्रिया