ADVERTISEMENT

रान नजिक अमेरिका सैन्य उपस्थिति बढाउँदै, होर्मुजमा तेल ट्यांकरमा आगलागी


काठमाडौं । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने तयारी गरेको छ। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अल जजिराका अनुसार इरान नजिक तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको छ।

अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेको जनाइएको छ। उक्त सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्म पूरा हुने बताइएको छ।

यसैबीच, होर्मुज जलडमरु हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्सले जनाएको छ। करिब २५ लाख ब्यारेल तेल बोक्न सक्ने सुपरट्यांकरमा आगलागी भएको बताइएको छ।

घटनामा कसले र के प्रहार गरेको हो भन्नेबारे तत्काल पुष्टि हुन सकेको छैन। घटनापछि जहाजको अवस्था तथा सुरक्षासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी छ। होर्मुज जलडमरु विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार