काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कोशी र बागमतीका केही स्थानमा मध्यमसम्म वर्षा तथा गण्डकीसहित अन्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। कोशीका हिमाली तथा पहाडी र बागमती तथा गण्डकीका केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा बिहानीपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर



प्रतिक्रिया