ADVERTISEMENT

सुन प्रतितोला १,५०० र चाँदी २५ रुपैयाँले बढ्यो


काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदी ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार