ADVERTISEMENT

सुरक्षा निकायका आउटलेटबाट पनि एलपीजी ग्यास बिक्री गर्ने तयारी


काठमाडौं। बजारमा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोलियम बिक्री केन्द्रबाट समेत एलपीजी ग्यास वितरण गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायका कम्तीमा एक–दुई वटा आउटलेटबाट ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए।

उनका अनुसार आपत्कालीन अवस्थामा वैकल्पिक माध्यमबाट ग्यास वितरण गर्दा उपभोक्तालाई सहज हुनेछ। पछिल्लो समय ग्यास आपूर्तिमा देखिएको समस्यालाई ध्यानमा राख्दै सरकारले वैकल्पिक वितरण प्रणाली अघि बढाएको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार