ADVERTISEMENT

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८० हजार ३ सय

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घट्दा चाँदी १०५ रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार