ADVERTISEMENT

कर्णालीमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख राजस्व

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी निकासीबाट उक्त राजस्व संकलन भएको हो ।

निकासी भएका जडीबुटीमध्ये झ्याउबाट सबैभन्दा बढी ९५ लाख ८५ हजार रुपैयाँ, जटामसीबाट ८७ लाख ८८ हजार रुपैयाँ र यार्सागुम्बाबाट ७५ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए ।

त्यस्तै, कटुकी, सेतक चिनी, टिमुर, सिलाजित, सुगन्धवाल र रिठ्ठालगायतका जडीबुटीबाट पनि राजस्व संकलन भएको छ ।

मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा कुल २१ लाख ५८ हजार ५८२ केजीभन्दा बढी जडीबुटी संकलन भएकामा १९ लाख ४६ हजार ८७५ केजीभन्दा बढी जडीबुटी कर्णालीबाट निकासी गरिएको थियो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार