ADVERTISEMENT

आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलर १५२ रुपैयाँ ७२ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ १२ पैसा, युरोपियन युरो १७० रुपैयाँ ०९ पैसा र बेलायती पाउन्ड स्टर्लिङ २०३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार