काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन्। आज इजलास सुरु हुनुअघि बस्ने बैठकमा पछिल्लो समय चर्चामा रहेको बिचौलिया इनम सापकोटासँग न्यायाधीशहरूको भेटघाटसम्बन्धी विवादबारे छलफल हुने बताइएको छ।
न्यायाधीश हरि फुयाँलले सापकोटासँग आफू मात्रै नभई अन्य न्यायाधीशहरूले पनि सामूहिक रूपमा भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालयभित्र यस विषयले तरङ्ग पैदा गरेको छ। यही विवादबारे फुलकोर्ट बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया