काठमाडौं । चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।
त्यस्तै, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया