ADVERTISEMENT

लगातारको वर्षाले एनपीएलको खेल प्रभावित, लुम्बिनी र चितवनले अंक बाँडे

काठमाडौं । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ।

 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान भिजेका कारण खेल सञ्चालन गर्न नसकिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन्।

 

खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

यसैबीच, आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल अपराह्न ५ बजेका लागि तय गरिएको छ। तर, वर्षाका कारण यो खेलसमेत प्रभावित हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार