ADVERTISEMENT

बंगालको खाडीमा अर्को चक्रवात विकसित हुँदै, नेपालमा असर न्यून हुने अनुमान

काठमाडौं । बंगालको खाडीमा अर्नब चक्रवातपछि अर्को न्यून चापीय प्रणाली विकसित भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली नोभेम्बर २ सम्म शक्तिशाली चक्रवाती आँधीमा परिणत भई नोभेम्बर ३ को बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ ।

जमिनमा प्रवेश गर्दा आँधीको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने विभागको अनुमान छ ।

तर, यो प्रणाली अर्नब चक्रवातभन्दा कमजोर हुने मौसमविद्हरूको विश्लेषण छ । यसले अर्नबले जस्तो ठूलो वर्षा नगराउने अनुमान गरिएको छ ।

यसको प्रभाव भारतको बिहारसम्म देखिन सक्ने भए पनि नेपालमा भने खासै असर नपर्ने मौसमविद्हरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले पनि नयाँ प्रणालीबाट नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहेको बताएका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार